घुर्ने समस्या के हो ? (कारण र उपचार)

1184218491ghurney02
लाेकपाटी न्यूज

अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ ।

यस्तो समस्या भएको मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत ‘डिस्टर्ब’ भयो भन्दै झै–झगडा गर्ने र बोलीचाली नै बन्द हुने, साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ । घुर्ने समस्याका कारण विशेष गरी विदेशमा रहेकाश्रीमान्–श्रीमतीबीच त सम्बन्ध बिच्छेदसमेत हुने गरेका छन्

के हो घुर्ने समस्या ?
९० प्रतिशत मानिसमा नाकको डाडी बाङ्गो हुन गई घुर्ने समस्या देखिन्छ । कुनै मानिसमा अरु नै कारणले श्वासप्रश्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । यो समस्याले बच्चादेखि वृद्धसम्मलाई दुःख दिने गर्दछ ।

घुर्ने समस्या हुने मानिसमा पटकपटक ब्युँझिने, छटपटाउने , बारम्बार पसिना आउने, चिटिचिट हुनेजस्ता समस्याहरु देखिन्छन् । घुुर्ने समस्या अक्सिजनको कमीले गर्दा हुने भएकोले यसले दिमागदेखि शरीरका विभिन्न भागमा असर गर्ने गर्दछ ।

यस्ता समस्या दुई प्रकारले हुन्छन् :
– विभिन्न किसिमका इन्फेक्सन, चोटपटक, तथा ट्युमरले गर्दा श्वासप्रश्वासमा अवरोध आउनाले घुर्ने समस्या आउने गर्दछ ।
– दिमाग र श्वासप्रश्वासका मांसपेशीसँगको नियन्त्रण छुट्यो भने घुर्ने समस्या उत्पन्न हुन्छ ।

यस्तो समस्या हुनुको कारण
– कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्ने हुन्छ । विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्स बढ्नाले घुर्ने समस्या हुन्छ ।
– बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ ।
– यूवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।
– एजियो फाइब्रोमा भन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेश गरी केटामा बढी हुन्छ ।
– कुनै बच्चा जन्मिँदै नाक थेप्चे भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बाङ्गो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ
– पोलिप्स, नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ ।
– वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्ने समस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्ने समस्या हुन सक्छ ।
– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्ने समस्या हुने गर्दछ ।
– एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्ने समस्या आउँछ ।
– श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्ने समस्या उत्पन्न हुन्छ ।
– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।

उपचार कसरी गर्ने ?
– सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने । मोटोपन घटाउने, शारीरिक कसरत गर्ने, धूमपान, मदिरा सेवन नगर्ने र घोप्टो परेर सुत्ने ।
– मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ । मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ ।
– के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गर्ने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्