तपाईको खुट्टा गन्हाउँछ ? यसो गर्नुहोस् (७ टिप्स्)

khutta ganaune
लाेकपाटी न्यूज

काठमाडौं । गर्मीयाम शुरु भएसँगै धेरै मानिस खुट्टा गन्हाउने समस्याले पीडित भएको पाइन्छ । झन खुट्टा गन्हाउने समस्या विदेशतिर ‘खेलाडीको मुख्य समस्याकै रुपमा लिइन्छ । तर, यो समस्या खेलाडीको मात्रै नभएर प्राय आम सबै सर्वसाधारणमा पनि देखिएको हुन्छ ।

पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउने समस्या बढी देखिए आम मानिसमा पनि यस्तो समस्या हुन्छ । गन्हाउने समस्या फङगसबाट हुन्छ । खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । जसका कारण गन्हाउन सुरु हुन्छ ।

यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ । यसका लक्षणहरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालामा चिरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने पनि हुन्छ । यस्तो बेलामा केही उपाय अपनाएर समस्या केही कम गर्न सकिन्छ ।

खुट्टाको स्याहार कसरी गर्ने ?

गन्हाउने समस्या भएका बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना चिरा दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फङगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फङगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ ।

मरेको छाला हटाउने

यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनुपर्छ । किनभने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा ब्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेषगरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ ।

खाने सोडाको प्रयोग गर्ने
खुट्टा गन्हाउने समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिनु पर्दछ । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।

ओभानो र सुख्खा जुत्ता लाउने

यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग गर्नुहुँदैन । विशेषगरी गर्मीयाममा त जुत्ताभन्दा चप्पल÷स्लीपर जुत्ता लगाउनु नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

सूतीको मोजाको प्रयोग

मोजा गन्हाउने र हिलो उर्छने जस्ता समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, किनभने त्यसमा फङगसका कुनै चिन्ह रहँदैनन् । साथै पसिनाको गन्ध पनि जान्छ र खुट्टा गन्हाउँदैन ।

खुट्टा सुख्खा राख्ने

नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टाका काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र फङगस पनि केही कम हुन्छ ।

चप्पलको प्रयोग

स्वीमिङ पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किनभने यस्तो ठाउँबाट फङगस सर्ने बढी सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्