पढ्नुुस्, तपाईको आजको राशिफल

rasifal-5
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। साहसिकताबाट धनार्जन हुनसक्छ। साँझमा आँटेको कम बन्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विश्वास गरेकाले साथ दिनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले कामहरु अगाडी बढ्नेछन्। प्रेम सम्बन्ध कसिलो होला। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। शुभ समाचार पाइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यात्रामा मालसामान हराउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। मान प्रतिष्ठा पाइनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। घर व्यवहारमा फितलो आउन सक्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ। आर्थिक कारोवारमा सफलता पाइएला। नयाँ व्यक्ति संग भेटघाट हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्