मुम्बईद्धारा पञ्जाब ३ विकेटले पराजित

ipl
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ चैत। इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ। बुधबार राति भएको खलमा किंग्स इलाभेन पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो।

वानखडे स्टेडियममा पञ्जाबले दिएको १९८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो। मुम्बईको यो लगातार तेस्रो जित पनि हो ।जितसँगै मुम्बई तालिकाको तेस्रो तथा पराजित पञ्जाब चौथो स्थानमा छन्।

मुम्बईलाई जिताउन किरन पोलार्डले महत्वपूर्ण भूमिका खेले। उनले ३ चौका र १० छक्काको मद्दतले ८३ रन बनाए। पञ्जाबले लोकेश राहुलको सतकको मद्धतमा २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९७ रन बनायो। राहुल र क्रिस गेलले पहिलो विकेटका लागि सतकीय साझेदारी गरे।

दुबै खेलाडीले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गर्न सफल भए। जसमा गेलले ६३ रन बनाए । उनले ३६ बलमा तीन चौका र सात छक्का प्रहार गरे । राहुलले ६४ बलमा एक सय रन बनाए। जसमा छ छक्का र छ चौका सामेल थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्