पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा अवरोध आउला। मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहला। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजन पाईनेछ। प्रेममा मधुरता छाउनेछ। रोकिएको धन हात पर्ला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  नयाँ कार्यको अवसर मिल्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला। मन प्रफुल्ल रहला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। नयाँ व्यक्ति संग भेटघाट हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  महत्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। अनावश्यक धन खर्च होला। गरेका कार्यमा ढिलासुस्ती हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैशा खर्च हुने योगछ। अतिथीको सेवा होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। राजनीति अधिकारमा सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  चिताएको कामले तीव्रता लिनेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। शुभ समाचार सुन्नमा आउला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन। चिताएको कामले तीव्रता लिनेछ। आकस्मिक धन लाभ हुनेछ। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बित्तिय संस्था बाट सहयोग पाईनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनछ। विश्वास गरेकाले साथ दिनेछन्। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगती हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्