पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। पारिवारिक सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। स्वादिष्ट भोजनपनि पाईनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा मधुरता छाउनेछ। अधुरो काम पूरा हनेछ। घरमा अतिथीको आगमन हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुस हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला। पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। पारिवारिक सद्भाव बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेममा मनमुटाव आउला। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अकस्मात धन सम्पत्ति हात पर्नेछ। शुभकार्यको चर्चा चल्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्