पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। यात्रामा मालसामान हराउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। अवसरहरू गुम्न सक्छन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवार संग रमाइलो भेटघाट रहला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। पारिवारिक जीवन सन्तोषप्रद रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोमाञ्चक यात्रा होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निरासा र शरीरमा आलस्य आउला। गरेका कार्यमा बाधा आउनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। व्यवसायमा मन्दी आउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तको सहयोग प्राप्त हुनेछ। व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभारम्भको चर्चा चल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  चिताएको कामले तीव्रता लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाईएला। ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  कान्ति र मनमा शान्ति छाउनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समयछ। अनुहारमा शत्रु क्षयपनि होलान्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा बाधा आउनेछ। सानातिना समस्यामा अल्झिनुपर्नेछ। मुद्दा मामिला आइलाग्नेछ। प्रेममा मनमुटाव रहला। लाभदायक यात्रा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्