पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उमङ्ग र उत्साहमाकमी आउनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइएला। बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह रहला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिनेछ। सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। सामाजिक कार्यमा मन जानेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तको सहयोग प्राप्त हुनेछ। व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च होला। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  मनमा शान्तिको अनुभूति हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ व्यक्ति संग भेटघाट हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। बहुमुल्य वस्तु हात पर्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दुविधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ। आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्