पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-4
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाईएला। ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निरासा र शरीरमा आलस्य आउला। कार्यमा बाधा आउनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। व्यवसायमा मन्दी आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समयछ। शत्रु क्षय होलान्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोश जाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ। पारिवारसंग रमाइलो भेटघाट हुनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्ला। आफन्तको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। धार्मिक यात्राको योगछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभारम्भको चर्चा चल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोजगारको अवसर मिलनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्