लिग चरणको अन्तिम खेलमा सन्दीप परेनन्, आज दुई खेल हुँदै

12
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ वैशाख। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। लिग चरणको खेल सकिनै लाग्दा १२औं सिजनको आईपीएल झन् रोमाञ्जक देखिएको छ।

दिल्लीको फिरोज शाह कोटला मैदानमा सवा चार बजे हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल राजस्थान प्रतिस्पर्धा गर्दैछन्। राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। शनिबारको खेलमा नेपालका सन्दीप लामिछानेले मौका पाएका छैनन्।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिशो रबाडाको अभावमा दिल्लील शनिबार दबाब महसुस गर्नेछ। यसैगरी शनिबार राति सवा आठ बजे सुरु हुने दोस्रो खेलमा बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्