पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-4
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आतिथ्यपूर्ण सम्मान पाइएला। वैदेशिक कार्य अघि बढ्नेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन्। तर यात्रामा सावधानी अपनाउनु पर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ। घर परिवारमा झै–झमेलाको अवस्था आउला। फलदायी यात्रा नहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी प्रशस्तै बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कमको थालनी हुनेछ। धार्मिक यात्राको योगछ। अचल सम्पत्ति हात पर्ला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण अवसर गुम्न सक्नेछ। मन कमजोर रहला। कुविचारमा मन जाला। नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम र मित्रताको बन्धन कसिने बेला छ। नयाँ कार्यको योजना बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला। सामान हराउने योग छ। अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। बौद्धिक काममा सफलतापनि मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्