पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यसायबाट लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने। सौन्दर्यतामा धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ। राजनैतीक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। पारिवारीक झमेला रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्य्सिद्धि हुने अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मन मुटावका साथै मन कमजोर रहनेछ। मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र वा आफन्तको सहयोग मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्योदय हुनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउला। मुद्दा मामिला आइलाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्