यी हुन् गर्मीका लागि अति उत्तम १२ खानेकुरा

vegetables
लाेकपाटी न्यूज

काठमाडौं। गर्मिको मौसममा हुने तापक्रमको वृद्धिले गर्दा हाम्रो शरीरबाट धेरै पसिना आउने र शरीरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदिजस्ता समस्याहरु देखापर्ने हुन्छ।

यस्ता समस्याहरुबाट बच्नका लागि हामीले गर्मीमा केही खानेकुरालाई खानामा समावेश गराउन सक्छौं, जुन खानेकुराले शरीरलाई शितलता र स्फूर्ति दिन्छ। गर्मीको समयमा यी खानेकुरा खान नभुल्नुहोस्।

खरबुजा : गर्मीको मौसममा शरीरमा पानीको मात्रा कम भएमा स्मरण शक्ति नास हुने, मनस्थिति स्थायी नहुनाका साथै अन्य थुप्रै समस्याहरु देखिने हुन्छ। खरबुजामा ९२ प्रतिशत पानी हुन्छ। यसको अतिरिक्त भिटामिन, मिनरल्स र छालाको सुरक्षाका लागि अति नै उपयोगी लाइकोपिन नामक रसायन रहेकाले यसको सेवन अति नै उपयोगी हुनुका साथै खरबुजाको सेवनले शरीरलाई शितलतासमेत प्रदान गर्दछ।

मकै : मकैमा रहेको लुटेइन र ज्यान्थिन नामक उपयोगी रसायनले छालालाई सूर्यको किरणबाट बचाउने हुँदा छालामा दाग आउनबाट बचाउँछ। मकैमा पर्याप्त मात्रामा प्रोटिनसमेत हुन्छ।

चिसो कफी : चिसो कफीको सेवनले छालालाई सूर्यको किरण र अधिक तापक्रमबाट हुने हानीलाई कम गर्दछ। यूरोपियन जर्नल अफ क्यान्सर प्रिभेन्सनले प्रकाशित गरेको एउटा लेखअनुसार ९३००० महिलाहरुमा गरिएको एक सर्भेक्षणमा क्याफिन भएको चिसो कफी दैनिक १ कप पिउने व्यक्तिमा छालाको क्यान्सर हुने सम्भावना १० प्रतिशतले कम हुने तथ्य प्राप्त भएको छ।

गोलभेंडा : गोलभेंडालाई रातो रङ दिने रसायन क्यारोटिनोइड्सले सूर्यबाट आउने हानिकारक पराबैजनी किरणलाई छाला डढाउनबाट रोक्ने गर्दछ।

सुन्तला : सुन्तलामा ८० प्रतिशत पानी हुनुको साथै पोटासियम पनि पाइने हुँदा पसिनाबाट खेर जाने पानी र पोटासियमको मात्रा पूर्ति गर्नका लागि यो उपयोगी हुन जान्छ।

सुपको साग : सुपको सागमा भिटामिन सी, भिटामिन बी, फोलेट, क्याल्सियम, पोटासियम, आइरन आदि पाइन्छ। शरीरमा पानीको मात्रा कम हुनबाट रोक्नुका साथै यसमा पाइने उपयोगी तत्वले मृगौलालाई समेत सहयोग गर्दछ ।

ग्रिन टी : ग्रिन टीले शरीरमा पानीको मात्रा सन्तुलन गरी पानीको कमी हुनबाट बचाउनुको साथै क्यान्सर र मुटुको रोगबाट पनि शरीरलाई बचाउँछ ।

सलाद र हरियोको साग : सलाद र गाढा हरियो रङको सागको सेवनले गर्मीको कारणले पसिनाको रुपमा खेर गएको भिटामिन र मिनरल्सहरुको कमी पूर्ति गर्नुका साथै सूर्यको किरणबाट छालालाई जोगाउँछ।

नरिवलको पानी : नरिवलको पानीमा भिटामिन बी, भिटामिन सी, बिभिन्न मिनिरल्सहरु, सुगर र शरीरलाई चाहिने एमिनोएसिडहरु पाइन्छ। यसको पानीले तिर्खा मेटाउनुका साथै त्यसमा पाइने तत्वहरुले शरीरमा पानीको मात्रा पनि सन्तुलन गर्दछ।

उखुको जुस : उखुको जुसले शरिरलाई शितल राखी चिनीको मात्रा पूरा गर्दछ, जुस स्वास्थ्यका लागि हरेक दृष्टिले उत्तम मानिन्छ।

काँक्रो : काँक्रोले शरीरमा पानीको मात्रा सन्तुलन गर्नाको साथै भिटामिन र मिनरल्सको पूर्ति गरी पेटसमेत स्वस्थ राख्दछ। तसर्थ, गर्मीमा काँक्रो खानु राम्रो मानिन्छ।

दही : दहीमा चिल्लोको मात्रा नहुने र यसले पेट अनि पूरा शरीरलाई शितलता प्रदान गर्दछ। दही सेवनले प्रोटिनको मात्रासमेत सन्तुलित राख्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्