पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। बैदेशिक घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यको चर्चा चल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। भूमिबाट लाभ रहला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्रा रहला। आकस्मिक धन लाभ हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। सन्तान सुखपनि मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तान पक्षको मायामा कमि आउने । सहकर्मीबाट विरोध आउला। गरेको कार्यमा अवरोध आउला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाइबाट बढी फाइदा लिने समय छ। नयाँ काम सुरु गर्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ व्यक्ति संग भेटघाट हुनेछ। रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  दबाब र तनाव बढेको महसुस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। काममा ढिलासुस्ती हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। रचनात्मक काममा जुट्ने समय छ। प्रेम सम्बन्ध कसिलो होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजसेवामा मन लाग्नेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संर्घर्ष गर्नु पर्ला। घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ। चोटपटकको भय छ सचेत रहनुहोला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्