पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको प्रगतिमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। बौद्धिकताको विकास हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक यात्रा हुनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ। मनमा निरासा र शरीरमा आलस्य आउला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी प्रेमिकाबिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। साँझपख शुभ समाचार आउन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको चर्चा चल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पुनर्मिलनको योग पनि रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन्। मान प्रतिष्ठामा बृद्धि होला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेका कार्यमा ढिलासुस्ती हुनेछ। समयको सही सदुपयोग नहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्