पढ्नुहोस्, तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। घरमा अतिथीको आगमन हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। यात्रामा माल सामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनु पर्ने छ। स्वास्थ्यमा खर्च बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्चसमेत बढ्ने योग छ। सहकर्मीबाट विरोध आउला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको काम पुरा हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला। लाभदायक यात्रा होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) घरमा अतिथीको आगमन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमिबाट लाभ रहला। साथीभाइले पनि सहयोग जुटाउनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बन्न लागेको काम विग्रिनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्