यस्तो छ तपाईको आजको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। धर्म,कर्ममा मन लाग्नेछ। शुभ समाचार सुन्न पाइएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनमा उत्साहका साथै बोली विक्ने समय छ। व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ। मानसिक चिन्ता बढ्नेछ। माल सामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्थान परिवर्तनका विशेष योग देखिन्छन्। रोकिएको धन हात पर्ला। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैशा खर्च हुने योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। चिताएको कामले तीव्रता लिनेछ। लगनशीलताले कामहरू अगाडी बढ्ने छन।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। विश्वास गरेकाले साथ दिने छन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यमा अवरोध आउला। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। सोचेका काम पूरा हुने छन्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। आफन्तको सहयोग प्राप्त हुनेछ। व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ। शुभ समाचार सुन्नमा आउला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वादिष्ट भोजन पाईनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। प्रेममा मधुरता छाउनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्