माछा खानु स्वास्थ्यका लागि लाभदायी, यस्ता छन् फाइदा

fish
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । मान्छे मांशहारी हुनु राम्रो कि शाकाहारी भन्ने बारेमा हरेकले आ–आफ्नै तर्क दिने गरेका छन्। तर, मांशहारीहरुको लागि माछा खानु स्वास्थ्यको लागि निक्कै लाभदायक हुनेबारे नयाँ–नयाँ तथ्यहरु विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पत्ता लाग्दै आएका छन् । यसै क्रममा पछिल्लो चरणमा माछा खाने गर्यो भने त्यसले हाम्रो मुड बिग्रनबाट समेत बचाउने गर्दछ ।

ओमेगा ३ एसिडको प्रमूख स्रोत हो माछा
माछा खानु स्वास्थ्यको लागि फाइदाजनक हुनुको एउटा प्रमूख कारण माछामा पाइने ओमेगा–३ नामाकरण गरिएको बोसोयुक्त एसिड नै हो । ओमेगा–३ हाम्रो शरीरमा भएका सम्पूर्ण कोषहरुको झिल्लीको निर्माण र गतिविधिहरुमा सक्रिय हिस्सा रहने एउटा प्रमूख अणु हो ।

विशेष गरेर माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा–३ का अणुहरुको समूहलाई म्ज्ब् भनिन्छ । विशेष गरेर ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायुतन्त्रिकाहरुको निर्माण र गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । शरीरका कुनै पनि तन्तुहरुको निर्माण, विकास र बृद्धि हुनमा ओमेगा ३ एसिडको अनिवार्य आवश्यकता पर्छ ।

आमाको गर्भमा छँदा पहिलो ३ महिनासम्म बच्चाको मस्तिष्क र आँखाका अंगहरु निर्माण र विकासमा ओमेगा–३ को अनिवार्य आवश्यकता पर्ने गर्छ । त्यसपछि पनि हामी बाँचुञ्जेलसम्म पनि यस एसिडले जीवनका प्रत्येक क्षणमा हाम्रो शरीरको विकास गर्न रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा निश्चित प्रकारका रोगहरु र संक्रमणबाट जोगाउन प्रभावकारी काम गरिरहेको हुन्छ । माछाको तेलमा पाइने ओमेगा –३ ले हाम्रो जीवनकालका विभिन्न चरणहरुमा र विभिन्न समस्याहरुमा के कस्तो असर पार्छ वा भूमिका खेल्छ त भन्ने बारेमा चर्चा गरौं ।

भ्रुण र बाल्यकाल
आमाको गर्भमा बच्चा हुर्कँदा मस्तिष्क र स्नायु प्रणालीले ओमेगा–३ ग्रहण गर्न थाल्छ । म्ज्ब् ओमेगा–३ का अणुहरुको संयोजनबाट बन्ने गर्छ, जुन मुख्य गरेर माछाको तेलमा पाइने गर्छ । मस्तिष्कका तन्तुहरुको निर्माणका लागि, स्नायु तन्त्रिकाहरुको विकासको लागि र आँखाको रेटिनाको लागि म्ज्ब् अनिवार्य र महत्वपूर्ण तत्व हो । जन्मनुपूर्व बच्चाले यो म्ज्ब् आमाको गर्भबाट प्राप्त गर्छ भने जन्मिसकेपछि चाहिँ आमाको दूधबाट यो तत्व प्राप्त गर्ने गर्छ ।

त्यसैले गर्भावस्थामा र सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाने गर्यो भने बच्चाले पनि ओमेगा–३ चाहिँदो मात्रामा प्राप्त गर्ने गर्छ । दुर्भाग्यवश आमाको दूध नखाने, बोतलको दूध खाने बच्चाहरुले यो ओमेगा–३ पाउने गर्दैनन् । अध्ययनहरुले के देखाएको छ भने आमाको दूध खानेभन्दा बोतलको दूध खाने बच्चाको मस्तिष्कमा म्ज्ब् को तह कम हुन्छ । यसले बच्चाको मस्तिष्क, स्नायुतन्त्र र आँखाका रेटिनाहरु ढिलो विकास हुने वा त्यसमा गडबढी हुने देखिएको छ । यस्ता बच्चाहरुको मस्तिष्क र दृश्यशक्ति पछिसम्म कम र बोधो हुने पनि अध्ययनहरुले देखाएको छ । त्यसैले बच्चालाई आमाको दूध खुवाउनुको ठूलो महत्व छ ।

गर्भावस्थामा र सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाने र्गयो भने बच्चाले पनि ओमेगा–३ चाहिँदो मात्रामा प्राप्त गर्ने गर्छ । दुर्भाग्यवश आमाको दूध नखाने, बोतलको दूध खाने बच्चाहरुले यो ओमेगा–३ पाउने गर्दैनन् ।

बच्चाहरुको मानसिक विकासमा ओमेगा ३ को प्रभावबारे विभिन्न अध्ययनहरु भएका छन् । त्यस्तै एउटा अध्ययनले पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति भएका ४ महिनाका बच्चाहरुको मानसिक क्षमता ओमेगा ३ नपाउने बच्चाहरुको तुलनामा निक्कै उच्च रहेको देखिएको थियो । तिनै बच्चाहरुलाई ६ वर्षको उमेरमा पुनः परीक्षण गर्दा पनि उनीहरुमा समस्या समाधान गर्ने तथा चाँडो र राम्रो निर्णय लिने क्षमता विकास भएको पाइएको थियो ।

मानिसको स्वास्थ्यको जग भनेको बाल्यवस्थामा उनको शारीरिक स्वास्थ्य कस्तो थियो भन्नेमा निर्भर गर्छ । नियमित रुपमा पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति भएका मानिस पछिसम्म स्वास्थ्यको दृष्किोणले निरोगी हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाएको छ ।

दम र एलर्जी
नियमित रुपमा माछाको तेल –ओमेगा ३ एसिड खाने गरेको बच्चामा दमले समात्ने खतरा ४ गुना कम हुन्छ । अरु अध्ययनहरुले पनि के देखाएको छ भने माछाको तेल अथकतष्अ ाष्दचयकष्क लगायत फोक्साका विभिन्न रोगहरुको उपचारमा समेत उपयोगी हुन्छ । विभिन्न अध्ययनहरुले देखाएको छ– शरीरमा ओमेगा–३ एसिडको आपूर्तिमा कम भयो भने एलर्जीका विभिन्न समस्याहरु देखापर्न थाल्छ ।

अष्ट्रेलियाको यूनिभर्सिटी अफ सिड्नीमा गरिएको एक अध्ययनबाट के पत्ता लागेको छ भने नियमित रुपमा माछाको तेल –ओमेगा ३ एसिड० खाने गरेको बच्चामा दमले समात्ने खतरा ४ गुना कम हुन्छ । अरु अध्ययनहरुले पनि के देखाएको छ भने माछाको तेल अथकतष्अ ाष्दचयकष्क लगायत फोक्साका विभिन्न रोगहरुको उपचारमा समेत उपयोगी हुन्छ ।

मस्तिष्कको कामसँग पनि ओमेगा ३ को सम्बन्ध हुने गर्छ । बेलायतमा बोधो दिमाग भएका, लेखपढ गर्न तथा व्यवहारका कुराहरु सिक्नमा समस्या भएका डिस्प्राक्सिया, डिस्लेक्सियाजस्ता रोगहरुका शिकार बनेको बच्चाहरुको एक समूहमाथि अध्ययन गरिएको थियो ।

उक्त अध्ययनमा ती बच्चाहरुलाई नियमित रुपमा माछाको तेल– ओमेगा–३ खुवाइयो । त्यसको परिणाम निक्कै सकारात्मक देखाप¥यो । उक्त अनुसन्धानपछि वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने, ओमेगा–३ को कमी भयो भने मस्तिष्कसम्म वा मस्तिष्कमा नै पनि सूचनाहरु राम्ररी आदानप्रदान हुन पाउँदैन, शरीरमा रासायनिक असन्तुलन पैदा हुन जान्छ, जसले गर्दा डिस्लेक्सियाजस्ता लेखपढमा समस्या हुने रोगहरुले सताउँछ ।

किशोरावस्थामा देखापर्ने आक्रमकता वा आक्रोश

किशोरावस्थामा सानो तनाव हुँदा पनि उनीहरु आक्रामक हुने तथा आक्रोश देखापर्ने कुरा सामान्य हो । तर किशोर विद्यार्थीहरुमाथि गरिएको अध्ययनहरुले देखाएको छ– शरीरमा पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति भएका किशोरहरुमा तनावग्रस्त अवस्थामा पनि आक्रमकता तथा आक्रोशको भावना कम हुने गर्छ ।

केही अनुसन्धानकर्ताहरुको विचारमा किशोरावस्थामा देखापर्ने आक्रमक व्यवहार तथा अनावश्यक आक्रोशको एउटा मुख्य कारण ओमेगा–३ को कम आपूर्ति वा अभाव हुनुपर्छ ।

वयस्कमा देखापर्ने मानसिक अवसाद
मानसिक अवसादमा ओमेगा–३ को प्रभावबारे अध्ययन गर्ने क्रममा डिप्रेशनका कारण गम्भीर अवस्थामा पुगेका त्यस्ता केही रोगीहरुलाई माछाको तेल ९ओमेगा–३० खुवाएर परीक्षण उपचार गरिएको थियो । करीब ४ महिनाको उपचारपछि तिनीहरुको अवस्थामा निक्कै सुधार भएको थियो ।

वयस्क अवस्थाका कतिपय मानिसहरुमा मानसिक अवसाद अर्थात् डिप्रेशन देखापर्ने गर्छ । त्यस्ता मानिसहरुको अध्ययन गर्दा के देखिएको छ भने तिनको रगतमा ओमेगा–३ को मात्रा निक्कै कम हुने गर्छ । मानसिक अवसादमा ओमेगा–३ को प्रभावबारे अध्ययन गर्ने क्रममा डिप्रेशनका कारण गम्भीर अवस्थामा पुगेका त्यस्ता केही रोगीहरुलाई माछाको तेल (ओमेगा–३) खुवाएर परीक्षण उपचार गरिएको थियो । करीब ४ महिनाको उपचारपछि तिनीहरुको अवस्थामा निक्कै सुधार भएको थियो ।

वयस्क अवस्थामा देखापर्ने अर्को प्रमुख समस्या भनेको आत्महत्या पनि हो । मानसिक अवसादले चरम रुप लिएपछि मानिसहरु आत्महत्या गर्ने गर्छन् । वैज्ञानिकहरुले के पत्ता लगाएका छन् भने आत्महत्या गर्ने स्थितिमा पुगेका मानिसहरुको रगतमा छज्क्ष्ब्ब् सेरोटोनिन नामक तत्व अति कम हुने गर्छ । उनीहरुको विचारमा यही तत्वले मानिसहरुलाई आत्महत्या गर्न प्रेरित गर्ने गर्छ ।

रोचक के छ भने, अनुसन्धानकर्ताहरुले रगतमा ओमेगा–३ को म्ज्ब् को मात्रा कम हुनेहरुमा नै छज्क्ष्ब्ब् को मात्रा पनि कम हुने गरेको फेला पारेका छन् । यस्ता मानिसहरुलाई माछाको तेलले उपचार गरेर रगतमा ओमेगा ३ को मात्रा बढाउँदा छज्क्ष्ब्ब् को मात्रा पनि बढेर गएको अनुसन्धानकर्ताहरुले फेला पारेका छन् । यसबाट ओमेगा–३ को नियमित आपूर्तिबाट आत्महत्या समेत रोक्न सकिने विश्वास गरिएको छ ।

किशोरावस्थामा केटी मानिसहरुमा मासिक स्राव हुने गर्छ । त्यस्तो अवस्थामा धेरैले निक्कै तीब्र पीडा र अप्ठ्यारो महसूस गर्ने गर्छन् । अमेरिकाको सिनसिनातीमा एक अनुसन्धानको क्रममा महिनावारी हुँदा निक्कै तीब्र पीडा र अप्ठ्यारो महसूस गर्ने केही किशोरीहरुलाई माछाको तेलको क्याप्सुलमार्फत् नियमित रुपमा ओमेगा–३ को आपूर्ति गराएर उपचार गरिएको थियो ।

त्यस्तै समस्या भएका केहीलाई चाहिँ अरु नै डम्मी क्याप्सुल दिएर तुलनात्मक अध्ययन गरिएको थियो । सो अध्ययनले प्रष्ट रुपमा के देखायो भने, माछाको तेल दिइएका किशोरीहरुमा मासिक स्राबको बेला हुने पीडा र अप्ठ्यारो निक्कै घटेर गयो । यसले पनि ओमेगा–३ को विशिष्टतालाई थप पुष्टि ग¥यो ।

आक्रमकता, मानसिक अवसाद र आत्महत्या
विकसित मुलुकहरुमा युवाहरुमा आत्महत्या गर्ने प्रवृत्ति निक्कै उच्च रहेको छ । विशेष गरेर युवाहरुको स्वभावमा आक्रमकता बढी हुने र उनीहरु बढी अवसादले ग्रस्त हुने कारण छिट्टै आवेगमा आएर आत्महत्या गर्ने गरेको पाइन्छ । अमेरिकामा गरिएको एक अध्ययनमा के देखिएको छ भने, शरीरमा छज्क्ष्ब्ब् कभचयतयलष्ल नाम गरेको तत्वको कमी हुँदा मानिसमा आत्महत्या गर्ने चाहना बढ्ने र उनीहरु बढी आक्रमक हुने

कुरा थाहा लागेको छ । अनुसन्धानकर्ताहरुले के पनि पत्ता लगाएका छन् भने रक्त प्लाज्मामा म्ज्ब् को मात्रा कम हुँदा शरीरमा छज्क्ष्ब्ब् कभचयतयलष्ल को मात्रा पनि कम हुन्छ । यस्ता मानिसहरुलाई माछाको तेल वा माछा बढी खुवाइयो भने उनीहरुको शरीरमा छज्क्ष्ब्ब् कभचयतयलष्ल को मात्रा बढ्ने र मानसिक अवसादको अवस्थाबाट रोगीलाई मुक्त गर्न सकिने कुरा अध्ययनहरुबाट देखिएको छ ।

गर्भावस्थामा फाइदा
माछा नखाने देशका नवजात आमाहरुमा बच्चा जन्मेपछि हुने डिप्रेसनको दर उच्च रहने गरेको छ । यसो हुनुको एउटा कारण गर्भावस्थामा बच्चा निर्माणको प्रक्रियामा म्ज्ब् को बढी खपत हुनु तर त्यसको तुलनामा आपूर्ति कम हुनु हो भन्ने अनुमान गरिएको छ

महिलाको गर्भावस्थाको अन्तिम तीन महिनामा ओमेगा–३ एसिडको आपूर्तिको ठूलो महत्व रहन्छ । किनभने यस समयमा नै मानिसको मस्तिष्कको ७० प्रतिशत भन्दा बढी कोशिकाहरुको विकास हुने गर्छ । यस अवस्थामा आमाको खानेकुरामा पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति हुनु जरुरी हुन्छ । कतिपय विशेषज्ञहरु त के ठान्छन् भने मानिसको मस्तिष्कमा म्ज्ब् अत्यधिक मात्रामा हुने गर्छ र नयाँ जन्मने बच्चाको लागि जरुरी पर्ने म्ज्ब् को प्रमुख आपूर्ति स्रोत पनि आमाको मस्तिष्क नै हो ।

विभिन्न देशहरुको तुलनात्मक अध्ययनबाट के देखिएको छ भने माछा नखाने देशका नवजात आमाहरुमा बच्चा जन्मेपछि हुने डिप्रेसनको दर उच्च रहने गरेको छ । यसो हुनुको एउटा कारण गर्भावस्थामा बच्चा निर्माणको प्रक्रियामा म्ज्ब् को बढी खपत हुनु तर त्यसको तुलनामा आपूर्ति कम हुनु हो भन्ने अनुमान गरिएको छ तर यो कुराको पुष्टि भने भइसकेको छैन ।

गर्भावस्थामा ओमेगा–३ को महत्व कतिसम्म छ भने यो तत्व आमाले पर्याप्त मात्रामा पाएको छैन भने असमयमा नै बच्चा जन्मने सम्भावना बढी रहन्छ । मानिस बुढो हुँदै गएपछि रोगहरुले सताउन थाल्छ । विशेष गरेर ५० को उमेर नाघेपछि धेरै रोगहरु देखापर्न थाल्छन् भने कतिपयमा क्यान्सर तथा हृदयरोगहरु देखापर्ने गर्छ ।

धुम्रपान गर्नेहरुमध्ये हप्ताको चार पटकसम्म माछा खाने धुम्रपानवालाहरुमा चुरोटको कारण हुने विभिन्न रोगहरु आधा कम लागेको देखिएको छ । झन नियमित जसो माछा खानेहरुमा त त्यस्तो रोग अझ कम लागेको देखियो । केही समय पहिले अमेरिकाको मिन्नेसोटा विश्वविद्यालयमा गरिएको अर्को एक अध्ययनले देखाएको छ, माछा नखाने मानिसको तुलनामा माछा खाने मानिसमा अत्यधिक धुम्रपानको कारण लाग्ने ब्रोङकाइटिस, दमजस्ता रोगहरुको असर कम हुने गर्छ ।