पढ्नुहोस्, तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। समाजसेवामा मन लाग्नेछ। शत्रु पराजित हुनेछन्। बित्तिय संस्थाबाट सहयोग पाईनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन हात पर्ला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। महत्वपूर्ण कामको थालनी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिएला। चोटपटकको भयछ सचेत रहनुहोला। यात्रामा मालसामान हराउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला,साहित्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकाएको भय रहनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला। आर्थिक कारोवारमा सफलता पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमिबाट लाभ रहनेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। साथीभाईसँग समय बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ। प्रेममा मनमुटाव आउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्