यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चोटपटकको भयछ सचेत रहनुहोला। यात्रामा मालसामान हराउन सक्छ। गलत निर्णय लिन पुगिएला। सहकर्मीबाट विरोध आउला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। शिक्षामा सफलता मिल्नेछ। आर्थिक उन्नति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। साँझपख शुभ समाचार आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक कारोवारमा सफलता पाइएला। नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ। अनावश्यक यात्रा हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। शेयरको कारोवारबाट सफलता मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन्। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ। साथीभाईसँग समय बित्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। दबाब र तनाव बढेको महशुस हुनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। बेलुकीपख नियमित खर्चसमेत बढ्ने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धन वृद्धिको योग देखिन्छन्। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। पुनर्मिलनको योगपनि रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्