यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सरकारी निकाएको भय पनि रहला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश,जाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक कारोवारमा सफलता पाइएला। नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। आज सचेत रहनु होला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइमा प्रगति हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन्। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिष्ठान्न भोजनको अवसर मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अधिक सौन्दर्यतामा धन खर्च हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमीको सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। धर्म,कर्ममा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्