यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सौन्दर्यतामा धन खर्च हुनेछ। साना–तिना समस्यामा अल्झिनुपर्नेछ। परिवारीक समस्याले सताउनेछ। अनावश्यक धन खर्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिके विकास हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ। सामान हराउने वा चोरी हुने भयछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। सरकारी निकाएबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। कष्टकर यात्रा गर्नुपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको भर पर्दा धोका पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेकोे र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेमी÷प्रेमिकाबिच खिन्नता बढ्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेम सम्बन्ध कसिलो होला। घर,जग्गाको कारोबारमा सफलता मिल्ने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। कार्यमा सफलता पाईनेछ। पुनर्मिलनको योग रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्