यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। व्यापार व्यबसायबाट आम्दानी हुनेछ। उपहार पाइने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीको सामना गर्नुपर्ला। कार्य सम्पादनमा समस्या आउला। वैदेशिक क्षेत्र कमजोर रहला। गरेका काममा ढिलासुस्ती हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सागीतिक क्षेत्रमा रुची बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइएला। प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक कारोवारमा मन्दी आउनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। फलदायी यात्रा नरहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथीको आगमन हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्राको योग रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनैतिक कार्यमा बाधा आउनेछ। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ट व्यक्तिको सहयोग मिल्ला। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला। बौद्धिक विकास हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। रमणीय र सुखद् यात्राको योग छ। कला,साहित्यमा रूचि बढ्नेछ। मंगल कार्यको योग छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्