नेपाल प्रहरी र भरतपुर महानगरबीच सम्झौता

patihani-police2
लाेकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत् पूरा गर्न सकिने बताएकी छिन्।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा नेपाल प्रहरीको प्रहरी चौकी स्थापनाको लागि भरतपुर महानगरद्वारा ५ कट्ठा जग्गा हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सुशासन, सुरक्षा र विकास संगसंगै लैजानुपर्ने बताउँदै त्यसै अनुरूप शान्त र सुरक्षित समाज निर्माण गर्दै अमनचयन कायम राख्नका लागि प्रहरी चौकी स्थापनाका लागि महानगरपालिकाले जग्गा हस्तान्तरण गरेको बताइन्।

कार्यक्रमको प्रमुख अतिथि दाहालले प्रहरी विद्यालय सञ्चालनका लागि समेत विगतमा जग्गा प्रदान गरेको बताउँदै महानगरपालिकाको विकास, सुशासन र महानगरवासीको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै प्रकारको सहयोग निरन्तर रहने बताइन्।

प्रमुख दाहालले देशको मध्यभागमा रहेको भरतपुर बढ्दो बसोबास र सवारी चापलाई हाल रहेको प्रहरी संख्याले धान्न नसकिरहेको बताउँदै तत्काल पर्याप्त प्रहरी जनशक्तिको ब्यवस्थापन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गरिन्।

कार्यक्रममा भरतपुर महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जग्गा प्रदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर महानगरपालिकाले प्रहरी चौकी स्थापनाका लागि ५ कठ्ठा जमिन प्रदान गरेर नेपाल प्रहरीलाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिँदै यस कदमले यस क्षेत्रको शान्तिसुरक्षा अमनचयन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तत्कालै सुविधा सम्पन्न प्रहरी चौकी छिट्टै निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्दै शान्तिसुरक्षा अमनचयन गर्दै शान्त र सुरक्षित समाज निर्माण गर्नु नै नेपाल प्रहरीको प्रमुख उद्देश्य रहेको भन्दै प्रहरीलाई गल्ती गर्ने कुनै छुट नरहेको बताए।

महानिरिक्षक खनालले शान्तिसुरक्षा अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी दर्जालाई निर्देशन दिँदै नागरिकसँग सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिँदै आमनागरिकले प्रहरीलाई सहयोग गर्न आग्रह गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा लगायत बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्