यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्यमा रुची बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। शुभ समाचार सुन्न पाइनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा सहजता मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला। शिक्षामा वाधा आउनेछ। मन विचलित रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। मनमा सङ्का उत्पन्न हुनेछ। प्रेमी तथा प्रेमिकाका बिच खिन्नता बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) साहित्य तथा संगीतमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोजगारको अवसर मिलनेछ। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पाईनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। बन्न लागेको काम विग्रनेछ। सामान हराउने वा नष्ट हुने योग छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्