यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिकरसांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा समस्या आउला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिन फाइदा पुग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन्। साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त संग मनमुटाव बढ्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सामान हराउन सक्नेछ। धोका हुन सक्ने समय छ, सचेत रहनु होला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्