यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कष्टकर यात्रा गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मुद्दा मामिला आइलाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मिक सन्तुष्टि मिल्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेमीको सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। जोश जाँगर र हिम्मत वढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ। राज्यबाट सहयोग मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा सावधानी अपनाउनु पर्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। वैदेशिक क्षेत्र कमजोर रहला। पढाइमा बाधा आउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। बैदेशिक कार्य अघि बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राज्यबाट मान सम्मान पाइनेछ। आँटेकोे र ताकेको कार्य पुरा होला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक यात्राको योगछ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रनेछ। अनावश्यक झमेलामा परिएला। विविध समस्या खेप्नु पर्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सभा समारोहमा सरिक भईनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। अचल सम्पत्ती हात पर्ने योगछ। शुभ समाचार सुन्न पाइएला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्