यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। कार्यमा सफलता पाईनेछ दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वास्थ्यमा समस्या आउला। वैदेशिक क्षेत्र कमजोर रहला। मानसिक चिन्ता बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र हिम्मत वढ्नेछ। धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ। सन्तान सुख मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजसेवामा मन लाग्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शत्रु पराजित हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला। रमाइलो यात्राको योग रहेको छ। नयाँ कार्यको योजना बन्नेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ। मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। बन्धु बान्धव बाट सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। परोपकारमा रुचि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योगछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सरकारी निकाएको भय रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। राजनैतिक कार्यमा बाधा आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। आकस्मिक धन लाभ हुनेछ। प्रेमीको सहयोग पाईनेछ। विश्वास गरेकाले साथ दिनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। आफनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। अधुरो काम पूरा हुनेछ। पुनर्मिलनको योग रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्