तपाईंको आजको दिन कसरी बित्नेछ ? हेर्नुस् राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। अचल सम्पत्ती हात पर्ने योगछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथीको आगमन हुनेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। बौद्धिक विकास होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। चोटपटकको भयछ सचेत रहनु होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा प्रगती हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला। वोलीको भरमा कार्य सम्पादन हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। समाजसेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। लाभदायक यात्राको योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिक व्यक्तिबाट धोका पाईन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। पेट सम्बधी समस्या आउला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन हात पर्ला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। व्यापारमा रूची बढ्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा सङ्का उत्पन्न हुनेछ। पारिवारिक उल्झनमापरि काम विग्रिएला। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा खर्च बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्