तपाईंको शनिबारको दिन कसरी बित्नेछ ? पढनुहोस् राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। लगानी गर्नु उपलब्धीमूलक हुँदैन। प्रेममा समस्या आउला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघी बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश,जाँगर र उमङ्ग बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। प्रेमीको सहयोग पाईनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकाएको भय रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नयाँ कामको थालनी होला। मान प्रतिष्ठामा बृद्धि होला। आफन्तको प्रगतिमा मन रमाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको थालनी हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। ज्ञानमा वृद्धि हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। मनमा दुविधा उत्पन्न हुनेछ। मतिभ्रष्ट हुने समय छ,सचेत रहनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। ताकेको कार्य पुरा होला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्