आइतबारको भाग्यफल : कुन राशिका लागि शुभ ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। स्वास्थ्य विग्रिएला। आर्थिक कारोवारमा बिवाद आउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पार्टी तथा सेमिनारमा सहभागी भईएला। धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। लाभदायक यात्रा रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। पारिवारिक सहयोग मिल्ला। दिनको उत्तरार्ध सुखद रहनेछ। आकस्मिक धन लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठीक समयमा सही निर्णय लिन सकिनेछ। पारिवारिक सहयोग मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। सहकर्मीबाट विरोध आउला। चोटपटकको भयछ सचेत रहनुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोजगारको अवसर मिलनेछ। प्रयत्न गरे फाइदा लिन सकिनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक कार्य अघी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। लाभदायक यात्रा रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) गरेका कार्यमा ढिलासुस्ती हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला। अविश्वास उत्पन्न हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। बौद्धिकताको विकास हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्यमा प्रगति हुनेछ। साथीभाईसंग समय बित्नेछ। रमणीय र सुखद् यात्राको योग छ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। लाभदायक र सुखद् यात्रा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्