तपाईंको आजको दिन कसरी बित्नेछ ? पढनुहोस् भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समयछ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी प्रेमिकाकाबिच खिन्नता बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ। नयाँ कार्यको थालनी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बन्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। कष्टकर र खर्चिलो यात्रा रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अचल सम्पत्ती हात पर्ने योगछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम गर्ने हौसला मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। रमाइलो यात्राको योग रहेको छ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। समय व्यवस्थापन गर्न गारो पर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आँटेको र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ। समाजसेवामा मन लाग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्