बिहीबारको राशिफल : कस्तो छ तपाईंको आज ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तिर्थाटनको योगछ । नयाँ कार्यको थालनी हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक समस्या आइपर्ला। गरेको काममा ढिलासुस्ती हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। ताकेका काममा बाधा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय र टाढाको यात्रा फलदायी हुँदैन। आकस्मिक धन लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा पलाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अतिथिका रूपमा सम्मान पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। ठुला व्यक्तिले तपाईँको मेहनतको प्रसंसा गर्नेछन्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाईनेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। नियमित खर्चसमेत बढ्ने योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्