रंगशालाका लागि भरतपुर महानगरद्वारा छ कराेड बजेट बिनियाेजन

Cricket stadium01
लाेकपाटी न्यूज
0 Shares

चितवन, १० असार । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

महानगरको मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँच/पाँच लाख गरी ६ करोड ४५ लाख बजेट बिनियोजन गरिएको हो ।

बजेट प्रस्तुत गर्दै उपमेयर पार्वती शाहले २९ वडाबाट पाँच/पाँच लाख विनियोजन गरिएको बताइन् । यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट बिनियोजन गरेको थियो ।

कार्यक्रममा बाेल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा अभावका कारण रंगशाला निर्माण नरोकिने बताए । चौथो नगरसभालाई सम्बाेधन गर्दै उनले भने, ‘अप्ठ्यारो पर्दा सरकारले जिम्मा लिन्छ, पैसाको कारणबाट रंगशाला निर्माणको काम रोकिँदैन, अब यो भन्दा बढी भन्न आवश्यक छैन ।’

संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजी क्षेत्रले निर्माण अघि बढाएका रंगशालालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको भन्दै उनले भने, ‘मेरो त गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भन्ने नाम नै किटानी गर्ने इच्छा थियो तर, म सरकार त होइन । जे होस् त्यो भनिएको यसैलाई हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्