यस्तो छ तपाईको बुधबारको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक चिन्ता बढ्नेछ। मन खिन्न हुने स्थिति आउनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। राजनीतिक कार्यमा बाधा आउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तहररूको सहयोगले कामहरु अगाडी बढ्नेछन। दीर्घकालिन योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्यहरू पुरा होलान्। नयाँ कार्यको योजना बन्नेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मबल बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। वैदेशिक कार्य अघि बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्यमा रुचि बढ्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन्। समाजसेवामा मन लाग्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) प्रेममा मनमुटावका साथै मन कमजोर रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। मनमा सङ्का उत्पन्न हुनेछ। सरकारी निकाएको भय रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। कार्यमा सफलता पाईनेछ। प्रेमसम्बन्ध कसिलो हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरुलाई प्रभावित पारेर काम बन्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान सुख हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। रमाइलो यात्राको योग रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्