यस्तो छ तपाईको शुक्रबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या तथा प्रतिस्पर्धामा सफल भईनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। प्रेमीको सहयोग पाईनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च हुनेछ। माया प्रेममा मनमुटाव सिर्जना हुनेछ। पढाइमा बाधा आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र हिम्मत वढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। परिवारिक सद्भाव बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। कष्टकर यात्रा गर्नुपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परोपकारी कार्यमा संलग्न भइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। राज्यबाट सहयोग मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। राज्यबाट सहयोग मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला। मन खिन्न हुने स्थिति आउनेछ। अनावश्यक झमेलामा परिएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठाकमाउने बेला छ। स्वादिष्ट भोजन पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। धार्मिक यात्राको योगछ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्