यस्तो छ तपाईको आइतबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। प्रेम जीवन सुखद् रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। आँटेको र ताकेको कार्य पुरा होला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउने छ। मनमा दुविधा उत्पन्न हुनेछ। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सिद्धिको योगछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। फैन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। मन भावुक र उत्ताउलो बन्नेछ। प्रेममा मनमुटाव आउनेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। जोश,जाँगर र उमङ्ग बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकाएको भय रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरूको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्