साग क्रिकेटमा नेपालद्वारा माल्दिभ्स पराजित

Nepali cricket team
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २० मंसिर। नेपालले साग पुरुष क्रिकेटमा माल्दिभ्सलाई पराजित गरेको छ।आज कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटिएको।

यो जितले नेपाललाई फाइनल पुग्ने संभावना कायमै राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वा्धिक ३९ रन बनाए।

यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रनको योगदान गरे। आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए। यसअघि नेपाल श्रीलंकासँग पारजित भएको थियो भने भुटानमाथि जित हात पारेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्