यस्तो छ तपाईको मंगलबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर र हिम्मत बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन। अरुलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। साँझमा पैशा खर्च हुने योगछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाईएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। नयाँ कार्यको थालनी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनोरञ्जनमा सहभागीता भइएला। मान प्रतिष्ठामा बृद्धि होला। आकस्मिक धन लाभ हुनेछ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक ठाउँमा धन खर्च होला। राजनैतिक कार्यमा बाधा आउनेछ। सम्पत्ती हराउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कूटनीतिक नियोगको सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको र ताकेकोकार्य पुरा होला। स्वास्थ्यमा सुधार आउला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश,जाँगर र हिम्मत बढ्ला। नयाँ कार्यको थालनी होला। शुभ समाचार सुन्न पाइएला। राजननितक कार्यमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको मित्रसँग भेटघाट हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। पठनपाठनमा प्रगती हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक झमेलामा परिएला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्