पढ्नुहोस्, तपाईको बुधबारको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। बौद्धिक काममा सफलता मिल्नेछ। बोलीको प्रभाव पनि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। अधुरो काम पूरा हनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। श्रमको उचित मुल्याङन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नु पर्ने छ। नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला। मन खिन्न हुने स्थिति आउनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। आम्दानी प्रशस्तै बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आतिथ्यपूर्ण सम्मान पाइएला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान हराउने योग छ। राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला। अभिभावकको आशीर्वादले काम गर्न सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ। अचल सम्पत्ति हात पर्ला। नयाँ कमको थालनी हुनेछ। धार्मिक यात्राको योग छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झै–झमेलाको अवस्था आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। फलदायी यात्रा नहोला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्