यस्तो छ तपाईको आइतबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्यामा सफलता पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साना तिना समस्यामा अल्झिनुपर्नेछ। स्वास्थ्यमा समस्या आउला। अनावश्यक धन खर्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। प्रेममा मधुरता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दैनिक कार्यमा प्रगति हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागमको हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा सहयोग भाव आउला। प्रेम सम्बन्धपनि कसिलो हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा दुविधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोवारमा मन्दी आउनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परिवारमा सुख सन्तोष छाउला। नयाँ कामको थालनी हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आज सेयरको कारोबामा फाईदा हुनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा निरासा र शरीरमा आलस्य आउला। मनमा अविश्वाश उत्पन्न हुनेछ। प्रेममा मनमुटाव आउला। यात्रामा मालसामान हराउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको साथ पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। रतिरागपनि बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्