एमबिबिएस प्रश्नपत्र किनबेच गर्ने सिलवाल राखेपकाे सदस्य सचिव ! !

ramesh-silwal pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आफ्नै निर्णयका कारण सर्वत्र आलोचित बन्दै गएको छ। सरकार र मन्त्रिपरिषद्ले गर्ने एक पछि अर्को मन्त्रिपरिषदको निर्णयले जनतामा आशा होइन निराशा र आशंका बढाएको छ।

खेल क्षेत्रमा लामो त्याग र पसिना बगाएका सयौँ उर्जा्शिल व्यक्तिहरु हुँदा हुँदै एक विवादित पात्रलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बनाउने अन्तिम तयारी रहेको पाइएपछि खेल क्षेत्रबाट ओली सरकारको आलोचना बढ्ने संकेत देखिएको छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा विवादित पात्र रमेश सिलवाललाई नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ। राजधानीको बानेश्वरमा रहेको गोल्डन गेट कलेजका मालिक सिलवाल ओलीका निकट पात्र मानिन्छन्।
उनै सिलवालको स्वामित्व रहेको गोल्डेन गेट कलेजमा एमबिबिएस परिक्षाको प्रश्न पत्र आउट भएको थियो।

सिलवालकै निर्देशनमा २०७१ साल मंसिरमा सञ्चालित छात्रवृत्ति कोटाको एमबिबिएस परिक्षामा प्रश्नपत्र किनबेच भएको थियो। सोही आरोपमा अख्तियारले देवीप्रसाद पाण्डे र खेचरनाथ सापकोटालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने दुबै जना गोल्डेन गेट कलेजका अध्यापक हुन्।

उनीहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर प्रश्नपत्र बेचेका थिए। गत ९ असारमा निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि राखेप सदष्य सचिव बिहिन अवस्थामा रहेको थियो। सिलवाल यसअघि त्रिविको भिसी बन्ने दौडमा थिए तर उक्त दौडमा पराजित भएपछि यतिबेला फेरी उनी खेलकुद परिषदको सदस्य सचिव बन्ने अन्तिम तयारीमा पुगेका छन्। स्रोतका अनुसार सिलवालले खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई आर्थिक प्रलोभनमा समेत पारेका छन्।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्