यस्तो छ तपाईको बुधबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। वैदेशिक कार्य अघि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सवारी साधन प्राप्तिको योग छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाक तथा घाँटीमा समस्या आउला। सामान हराउने योग छ। राजनैतिक कार्यमा बाधा आउनेछ। अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कमको थालनी हुनेछ। धार्मिक यात्राको योगछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। अचल सम्पत्ति हात पर्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानी प्रशस्तै बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधुरो काम पूरा हनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला। मन खिन्न हुने स्थिति आउन सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। बौद्धिक काममा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ। परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झै–झमेलाको अवस्था आउला। फलदायी यात्रा नहोला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्