शुक्रबारको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। राज्यबाट मान सम्मान मिल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। वाहान सुख मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। मुद्धा मामिलामा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धन लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ। घरायसी विवादपनि बढ्नेछ। चोटपटक लाग्न सक्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। विशेष यात्रा हुनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। भौतिक साधन जुटाउने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। वस्त्र लाभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। समय प्रतिकुल भई कुलतमा मन जानेछ। झैँ–झमेलाको अवस्थापनि आउला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक यात्राको योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । साथै प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ। लाभदायक यात्रा पनि हुनसक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्