पढ्नुहोस्, तपाईंको सोमबारको राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु नै उचित हुनेछ। काम बिगार्नेको सक्रिय रहने देखिन्छ। नियमित खर्चसमेत बढ्ने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन्। प्रेम जीवन सफल रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। शिक्षामा अवरोध आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। सांगितीक क्षेत्रमा रुची बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाईनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समस्या दर्साउँदा सुख दुःखमा साथ दिनेहरू भेटिनेछन्। छोटो दुरीको लाभदायी यात्रा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। स्वादिष्ट भोजन पाईनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला। अल्छीपना पनि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले साथ दिनेछ। रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ। शिक्षामा सफलता पाईनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला। प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्