शुक्रबारको भाग्यफल : कुन राशिका लागि कति लाभदायी ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। धार्मिक यात्राको योगछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता पाइनेछ। अतिथिको रूपमा सत्कार पाइएला। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। रोकिएको धन पाइएला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने भयछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पदोन्नतीको सम्भावना प्रवलछ। नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन। परिवारिक सद्भाव बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। राज्यबाट मान(सम्मान पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। अचल सम्पत्ति हात पर्ने योगछ। आर्थिक वृद्धि हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला। व्यवसायमा मन्दी आउला। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला। लगानी डुव्ने भयछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तसँग भेटघाट हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाईनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै कार्य प्राप्तिका योग पनि देखिन्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रनेछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्