मंगलबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्तिको अनुभूति हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। आँटेको र ताकेको कार्य पुरा होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। पारिवारिक जीवन पनि सन्तोषप्रद रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। मन खिन्न हुने स्थिति आउनेछ। यात्रामा मालसामान हराउन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। सोचेका काम पूरा हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवन सुखमय हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनमा सहभागी भइएला। रमणीय र सुखद् यात्राको योग छ। पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) दबाब र तनाव बढेको महसुस हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। पुनर्मिलनको योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योग छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन्। प्रेमीको सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमीको सहयोग पाईनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्