बुधबारको भाग्यफल : कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक यात्राको योगछ। नयाँ कार्यको योजना बन्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। प्रेममा मधुरता छाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। यात्रामा मालसामान हराउन सक्छ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली विक्ने समयछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कीर्तिमानी काम गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन्। घरमा अतिथीको आगमन हुनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। सन्तान सुख मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पनि पाईनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्