तपाईंको शनिबारको दिन कसरी बित्नेछ ? पढनुहोस् राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकायको चर्चा चल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ कार्यको थालनी हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सम्पादनमा समस्या आउला। यात्रामा सावधानी अपनाउनु पर्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला। प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। आफन्तको सहयोग प्राप्त हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारमा सुख सन्तोष छाउला। ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंशा गर्नेछन्। आकस्मिक धन लाभ हुनेछ। राज्यबाट मानसम्मान मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि पनि संघर्श गर्नु पर्ला। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको योजना बन्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ। लाभदायक यात्रा रहला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। प्रेममा मधुरता छाउनेछ। बोलीको प्रभाव पनि बढ्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। रमाइलो यात्राको योग रहेको छ। सजिलै अरुको बिश्वास जित्न सकिनेछ। विद्यामा पनि सफलता पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। सामान हराउने वा नष्ट हुन सक्नेछ। अनावश्यक धन खर्च हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको कार्यमा सफलता पाईनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्