शुक्रबारको भाग्यफल : यी राशिका लागि शुभ छ

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक धन खर्च होला। गरेका कार्यमा ढिलासुस्ती हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगती हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैशा खर्च हुने योग छ। अतिथीको सेवा होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्ममा रुचि बढ्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। शुभ समाचार पनि सुन्न पाइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यमा अवरोध आउला। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। कार्य शिद्धिको योग छ। मनमा उत्साहका साथै बोली विक्ने समयछ। शुभकार्यको चर्चा चल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहला। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बित्तिय संस्थाबाट सहयोग पाईनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनछ। विश्वास गरेकाले साथ दिनेछन्। शुभकार्यको चर्चा चल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुविधा उत्पन्न हुनेछ। मानसिक चिन्ता बढ्नेछ। मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। आकस्मिक धन लाभ हुनेछ। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वादिष्ट भोजन पाईनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। प्रेममा मधुरता छाउनेछ। रोकिएको धन हात पर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। शुभ समाचार सुन्नमा आउला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्